हिटलरका प्रचारप्रसार मन्त्री जोसेफ गोयबल्सको एउटा भनाइ प्रचलित छ, उनले भनेका थिए "झुठ लाई यतिसम्म प्रचार गर की त्यो झुठ सच्चाई बन्न सकोस र मानिसले सो झुठ नै सच्चाई हो भनि विश्वास गर्न लागुन्" ।
तपाई/हामी पनि हाम्रो आसपास त्यस्ता व्यक्तिहरूको सङगत गरिरहेका हुन्छौं, जो एकदमै सफा तरिकाले झुठ बोदल्छन र उनीहरु आफ्नो झुठ नै सच्चाई हो भनि बिश्वास दिलाउन एकदमै यकिनका साथ पेश गर्ने गर्दछ र तपाई/हामीलाई लाग्छ कि त्यो व्यक्ति यति विश्वासका साथ भनिरहेको छ भने कुरा साँचो नै होला ।
तर सही जानकारी माथि भ्रम(झुठ) को कुनै असर हुँदैन । भ्रम सच्चाईमा परिवर्तन हुने अवस्था तब आउँदछ जब प्राप्त जानकारीमा नै जालझेल हुन्छ, या त हामी आफु माथिको बिश्वास नै कमजोर हुन्छ। हामी यस्तो समाजमा बस्छौ, जहाँ सत्यको स्थान सबैभन्दा माथि हुन्छ र हुनु पनि पर्दछ। यदि सच्चाई र झूठ बिच फरक नछुट्याई कसैले पटक-पटक झुठलाई सच्चाई साबित गराउन खोज्दछ भने हाम्रो भबिस्यको लागि पक्कै पनि राम्रो संकेत हुदैन ।
"भ्रमको मध्यमबाट पैदा हुने नतिजा पनि भ्रम मै सिमित हुन्छ "